झापा ।
झापा भद्रपुर नगरपालिका–४ स्थित फुटानी चोकमा रहेको महेन्द्र राजवंशीको किराना पसलको ढोका र गल्लाको ताल्चा फोडेर गल्लामा राखेको नगद चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौं १७ गते राति ११ः४५ बजेको समयमा नगद ५० हजार रुपैयाँ चोरी गरेका थिए ।
चोरी गर्नेलाई अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बिहिबार साँझ ७ बजे भद्रपुर नगरपालिका–६ का २४ बर्षीय सागर जैसवाल र सोही स्थानका २० बर्षीय दिनेश कामतीलाई भद्रपुर–६ बाट पक्राउ गरिएको हो ।
बाटोमा हिडडुल गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । घटनाको अनुसन्धानको क्रममा उनको पसलमा जडान रहेको सिसि क्यामारा फुटेजको अध्ययनबाट ती अभियुक्तहरुको पहिचान भएको थियो ।
उनीहरुलाई आज (शुक्रवार) जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धानको लागि झापा जिल्ला अदालतमा उपस्थित गराएर ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















