झापा । 

झापाको बिर्तामोड नगरपालिका–२ को स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक युवाको मृत्यु भएको छ । बिर्तामोड–२ का जीवन ढुङ्गानाले सञ्चालन गरेको ग्रीन पार्कको कम्पाउण्ड भित्र रहेको स्विमिङ पुलमा डुवेर ती युवाको मृत्यु भएको हो । 

शुक्रवार दिनको ३ बजेको समयमा उक्त पार्कमा बिर्तामोड–३ का ३३ बर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० का केशव शिवाकोटी पार्क घुम्न तथा पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा डुवेर प्रकाश प्रसाईको मृत्यु भएको थियो । 

ग्रिन पार्कका सञ्चालन जीवनले प्रसाईको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जानकारी गराएका थिए । जानकारी पाउन साथ तत्काल प्रहरीको टोली घटना स्थल गएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।