झापा ।
पूर्वी नाका काँकरभिट्टाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–८ गिरीगाँउबाट आज (बुधवार) दिनको १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले इटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेको मे ११ पा ४२३३ नम्बरको सुपर स्लेन्डर मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा मोरसाइकल चालक मेचीनगर–८ का ३२ बर्षीय अजय मेचे र पछाडी सवार भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्लाउत्तरा रथखोला भिमराम नक्सलबारीका ३० बर्षीय टान्टु भन्ने कनकन राहलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडी सवार टान्टु भन्ने कनकन राहले कालो रंगको प्लाष्टिको झोला हातमा बोकेको अवस्थामा सेतो रंगको प्लाष्टिकको पोका एक थान फेला परेको थियो ।
उक्त पोकालाई खोलेर हेर्दा लागुऔषध जस्तो देखिने पदार्थ रहेकोले उक्त लागुऔषध (खैरो हेरोईन) देखिने पदार्थ प्लाष्टिक बाहेक १०० ग्राम, १०० मिलिग्राम रहेको थियो । उनीहरुलाई मोटरसाईकल र लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टा ल्याएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















