झापा ।
झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र बिपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा भेन चालक शिबसताक्षी–७ का २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको थियो । उनको गाडीमै च्यापिएर मृत्यु भएको हो ।
दुर्घटनमा परी सोही भेनमा सवार शिबसताक्षी–७ का ४० वर्षीय पृथ्बीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेबी साह, छोरा १४ वर्षीय प्रसन्न साह र छोरी ९ वर्षीया प्रन्सा साह घाइते भएका छन् ।
चारैजना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पिकअप चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेल र दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।


















