झापा ।
झापाको बिर्तामोड–७ स्थित बिरानमा रहेको एक घरमा आज (मंगलबार) बिहान ४ः३० बजेको समयमा आगलागी भएको छ । सोही स्थानका केशबप्रसाद चाम्लिङको काठले बनेको टिनको छानो भएको २ तले ग्वालीमा बिधुत सर्ट भएर आगलागी हुँदा नजिकै रहेको उनको काठले बनेको टिनको छानो भएको २ तले घरमा समेत आगलागी भएको हो ।
स्थानिय प्रहरी, बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल, स्थानियवासीको सहयोगमा बिहान ५ः५० बजे उक्त पूर्ण रुपमा आगो नियन्त्रणमा आएको थियो । क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सोमवार साँझ ७ः५० बजेको समयमा झापा मेचिनगर– ९ दुर्गा मन्दिर स्थित भित्री सडक खण्डमा कन्चन निर्माण सेवाले बाटो पिच गर्ने क्रममा मे १ ख ३१३७ नम्बरको अलकत्रको ट्याङकरमा तातिएर अचानक आगलागी भएको छ ।
स्थानिय प्रहरी, स्थानियबासी र मेचीनगर नगरपालिकाको दमलकको सहयोगमा गएराति ९ः२० बजे आगो नियन्त्रणमा लिइएको थियो । अलकत्रको ट्याङकर चालक सिन्धुलीको सुनकोशी गाउँपालिका–७ का ४२ बर्षीया गणेश दाहाल सकुसल रहेको बताइएको छ ।
कन्चन निर्माण सेवाका कामदार सिरहा लक्षमिपुर पतारी गाउँपालिका–६ का अन्दाजी ३१ बर्षिय उमेशकुमार रायको अनुहार, दुवै हात र खुट्टामा आगो निभाउने क्रममा आगोको रापले पोलेर घाइते भई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड झापा पठाएको छ । अलकत्रको ट्याङकर पूर्ण रुपमा जलेको छ भने अन्य क्षतिको एकिन मुल्य तत्काल नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















