झापा ।
झापामा नाबालिगमाथि करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौं ५ गते साँझ ६ बजेको समयमा कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन नाबालिगमाथि करणी भएको थियो ।
१७ वर्षिया नाबालिगलाई करणी गर्ने झापा कचनकवल गाउँपालिकाका–७ का बर्ष अन्दाजी ७१ बर्षीय पहलमान पौडेल खत्री र सोही स्थानका अन्दाजी ५५ बर्षीय रत्नबहादर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पाथीभरा सामुदायिक वनमा ललाई फकाई तथा डर त्रास देखाएर जवरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा उनीहरुलाई आइतवार अर्थात भदौं ८ गते जिल्ला प्रहरी कार्यालय झापामा सुचना प्राप्त हुन साथ उनीहरुलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैजनालाई थप अनुसंधान तथा कारवाहीको लागि आज (सोमवार) जिल्ला प्रहरी कार्यालय झापाबाट जिल्ला अदालतमा पेश गराउँदा ५ दिन म्याद प्राप्त भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















