झापा ।
झापाको शिवसताक्षी नगरपालिका–१० किरात चौकस्थित पुर्व–पश्चिम सडक खण्डमा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । आज (शक्रुवार) दिउँसो २ः५५ बजेको समयमा कुन्जिबारी झापाबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १ ख २७७३ न. को यात्रु बाहक बस अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ११ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाईते भएका यात्रुहरुलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोडतर्फ पठाईएको बस र बस चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ५६ बर्षीय मोहनलाल राई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।
साथै सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाईते हुनेहरुमा
१. बिर्तामोड नगरपालिका–३ का ५३ बर्षीया सुमित्रा कडरिया बाहिरि चोट नदेखिएको सामान्य ।
२ बिर्तामोड–३ का ७० बर्षीया डिकमाया खतिवडा हात र खुट्टामा चोट अबस्था सामान्य ।
३ बिर्तामोड–५० बर्षीया रुपादेवी उप्रेती हात र खुट्टामा चोट अबस्था सामान्य ।
४ बाह्रदशी गाउँपालिका–४ की ४० बर्षीया अस्मिमा खातुनको छाति र घुँडामा चोट अवस्था सामान्य ।
५. उनकै छोरी १३ बर्षीया सावरी खातुन खुट्टामा चोट सामान्य ।
६ उनकै छोरी ३५ बर्षीया सफिना खातुन पेट चोट गर्भवति रहेकी अवस्था मध्यम
७ सफिना खातुनको छोरा ७ बर्षीय ईसाफ आलम छाति दुखेको सामान्य ।
८ उनकै छोरा ३ बर्षीय फरियाफ आलम टाउको दुखेको सामान्य ।
९ शिवसताक्षी नगरपालिका–४ कि ३६ बर्षीया निर्मला काफ्लेको दाहिने कुम र दाहिने घुँडामा चोट, अवस्था सामान्य ।
१० सोही स्थानकी ३४ बर्षीया तुलसा गौतमको दाहिने कुममा चोट अवस्था समान्य ।
११ उनकै छोरा ११ बर्षीय नितेश गौतम टाउकोमा चोट अवस्था बोल्न सक्ने सामान्य ।


















