झापा ।  

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा तीन तले घरमा आगलागी हुँदा घाइते भएकी बृद्धाको मृत्यु भएको छ । ताप्लेजुङ घर भई ध्रुव श्रेष्ठको तिन तल्ले पक्की घरको दोस्रो तलाको एउटा कोठामा डेरा गरी बस्ने ८१ बर्षिया बाटुलीमाया दाहाल (एक्लै बस्ने गरेको) गत साउन २२ गते आगलागी हुँदा जलेर घाइते भएकी थिइन् । 

खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिकेज भएर आगोलागी हुँदा उनको शरिरको बिभिन्न भाग जलेको थियो ।  तत्काल उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गामा लगिएकोमा थप उपचारको लागि बिर्तामोडतर्फ बीएण्डसी अस्पताल पठाइएको थियो । 

 अवस्था गम्भिर रहेपछि थप उपचारको लागि किर्तिपुर स्थित बर्निगं हस्पिटलमा उपचार भदौं गते उनलाई अस्पतालबाट घरमा  ल्याइएको थियो । उनको आज (बिहीवार) बिहान १०ः४० बजेको समयमा मृत्यु भएको हो । 

लाश पोष्ट मार्टमको लागि प्रादेशिक मेची अस्पतालमा राखिएको छ भने सो आगलागीबाट दुई लाख मूल्य बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।