चारपाने ।
नेपाल दशनामी समाज बिर्तामोड नगरकोे तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजले (आज) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा नेपाली महिलाहरुको महान पर्व हरतालिका तीजको अवसर पारेर बिभिन्न मनोरन्जानात्मक कार्यक्रम गरेर मनाएको हो ।
समाजकी झापा महिला अध्यक्ष तथा तीज मिलन कार्यक्रमकी संयोजक पार्वता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरीको प्रमुख आतिथ्य तथा केन्द्रिय संरक्षक भरतलाल गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो ।

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले पारेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्दबिक्रम गिरी, विशष्ठि अतिथि भरतलाल गिरी, समाजका केन्द्रिय सदस्य एलबी गिरी, कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), झापा अध्यक्ष केदार गिरी, झापा सचिव युवराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिर्तामोड नगर समितिले समाजका केन्द्रिय सल्लाहकार, झापा कोषध्यक्ष तथा बिर्तामोड नगर सल्लाहकार बालकृष्ण गिरीलाई तीज मिलन समारोहका अवसर पारेर सम्मान गरेको छ । बालकृष्णले समाजको गतिविधिमा सक्रिय भुमिका निर्वाह गदै समाजका कुनैपनि कार्यक्रमका लागि कार्यक्रम हल निःशुल्क उपलब्ध गराएको भन्र्दै दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरेको हो । सम्मान पत्र बिर्तामोड नगर बरिष्ठ उपाध्यक्ष खेमराज गिरीले बाचन गरेका थिए ।
सोही कार्यक्रमकाबिच बिर्तामोड नगरले स्थापना गरेको अक्षयकोष व्यवस्थापन समितिको आगामी योजनाका बिषयमा कोषका संयोजक अर्जुन गिरीले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन समाजका नगर सचिव प्रजित पुरीले गरेका थिए ।
कार्यक्रममा उपस्थिति दशनामी चेलिबेटीहरुका बिच समुह नृत्य प्रतियोगिता आयोजना गरेर पहिलो, दोस्रो र तेस्रो हुने समुहलाई नगदसहित ट्रफीले सम्मान तथा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा पाँच वटा समुह सहभागी थिए । उत्कृष्ट नृत्य गर्ने बृद्धासहित अन्यलाई पनि नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।

चेलिबेटीहरुले नाचगानसहित दर खाएर तीज कार्यक्रम भव्य रुपमा मनाएका थिए । कार्यक्रममा केन्द्रिय सह–कोषाध्यक्ष गोबिन्द गिरी, कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, कोशी प्रदेश सदस्य सीता भारती, समाजकी इलाम जिल्ला सदस्य राधिका भारती, बिर्तामोड नगर सल्लाहकार आशिष बन, अर्जुनधारा नगरपालिकाका इन्जिनियर प्रदीप पुरी, क्षेत्रिय अध्यक्ष शिवलाल गिरीलगायतको आतिथ्य रहेको थियो ।
तीज मिलन कार्यक्रममा समाजका केन्द्र, प्रदेश, जिल्ला, बिभिन्न पालिकाकाका बिभिन्न तह र तप्कामा रहने दशनामीसहित चेलिवेटीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


















