बिर्तामोड । 

नेपाल चेम्वर अफ कमर्स झापाले ७५ औं बर्ष प्रवेश गरेको अवसर पारेर विभिन्न जातका विरुवा बितरण गरेको छ । कमर्सले आज (बुधवार) बिर्तामोडमा ७५ औं हीरक जयन्तीको अवसर पारेर विभिन्न जातका ७५ वटा विरुवा वितरण गरेको हो ।

कमर्सले मदेशमा फल्ने नास्पाती, चार प्रकारका आँप, कागती, सफेदा, लिचीलगायतका विरुवा वितरण गरेको अध्यक्ष ओमकृष्ण विमलीले जानकारी दिए । नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । 

अतिथिहरुलाई स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष बिमलीले नै पारेको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, जिल्ला समन्वय समिति झापाी उपाध्यक्ष शान्ता रोक्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल चेम्वर अफ कमर्स झापासचिव विरोध सुवेदीले गरेका थिए ।

सोही कबार्यक्रमकाबिच कमर्सले महिलाहरुको महान पर्व हरितालिका तीज समेत मनाएको छ । महिलाहरुलाई तीजको अवसर पारेर दर खुवाइएको थियो भने महिलाहरुले नाचगानसहित बिभिन्न मनोरन्जानात्मक कार्यक्रम गरेर तीज मिलन कार्यक्रम गरेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीले जानकारी दिइन्् ।