झापा ।
झापा हल्दीबारी गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आज (सोमवार) दिनको ११ः३० बजेको समयमा अस्थाई प्रहरी चौकीमा आगलागी भएको हो ।
झापा हल्दीबारी गाउँपालिकास्थित रहेको गाउँपालिकाको कार्यालयमा जडान गरिएको टिओडी मिटर बक्समा अचानक बिधुत सर्ट भएर आगलागी भएको हो ।
आगलागीको खबर अस्थाई प्रहरी चौकी कन्नचनश्रीमा प्राप्त हुन साथ प्रहरी टोली गएर उक्त आगो नेपाल प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट तार र टिओडी मिटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















