झापा । 

 कुवेतमा गृह मन्त्रालयबाट लगइन गरेर प्रमाणहरू प्रयोग गरेर भिसा कारोबारमा संलग्न पाँच विदेशी कामदार पक्राउ परेका छन् । 

कुवेतको आन्तरिक मन्त्रालयले धेरै फर्महरूको प्रतिनिधिको रूपमा काम गर्ने एसियाली मुलका ती कामदारहरूले कुवेती कानुनको उल्लंघन गर्दै कामदारको भिसा बेच्ने गरेको जनाएको छ ।

कुवेती अधिकारीहरूले आरोपीहरूले जनशक्ति प्राधिकरण र गृह मन्त्रालयबाट लगइन प्रमाणहरू प्रयोग गरेर भिसा बेचबिखन गरेको पाइएको बताएका छन् । प्रमाण दुरुपयोग गर्ने ती ब्यक्तको नाम र देश भने गोप्य नै राखिएको छ ।