बिर्तामोड l
भगवान श्रीकृष्णको जन्म दिनको अवसर पारेर बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा मनाइँदैछ । श्री राधा माधव भजनस्थलीले आयोजना गरेको श्री कृष्ण जन्माष्टमी २०८२ अन्तरगत विभिन्न कार्यक्रम गरेर आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ ।
विहान ७ः३० बजेबाट राधा कृष्णको कथा,प्रवचन सहित भजन कीर्तन गर्दै भवन परिसरमा सयौं भक्तजनले भगवान श्रीकृष्णको गाथा गाइरहेका छन् ।
विभिन्न संघ संस्थाका प्रतिनिधि र सयौं भक्तजनको उल्लेख्य उपस्थितिले अग्रसेन भवन परिसर भरिभराउ देखिन्छ । भगवान श्रीकृष्णको जीवन लीलालाई प्रस्तुत गर्दै आएका भक्तजनलाई निःशुल्क महाप्रसाद समेत बितरण गरिँदैछ ।
राति ७ः३० वजेदेखि भजन गायक राजु अधिकारी र रोशन अधिकारीले भगवन श्री कृष्ण र राधाका भजन प्रस्तुत गर्ने कार्यक्रमले भक्तजनमा उत्साह थपिएको आयोजक समितिले जनाएको छ ।
श्रीकृष्ण जन्माष्टमी महाउत्सव नाम दिएर पहिलो पटक आयोजना गरिएको महाअष्टमीमा विभिन्न बम्हाचारी महाराजहरुको विशेष प्रवचन भइरहेको छ ।
श्रीकृष्ण जन्माष्टमी महामहोत्सवमा भक्ति सिद्धान्त दास ब्रम्हाचारी , शिद्ध स्वरुप दास बम्ह्राचारी, मनः शिक्षा दास बम्हाचारी, शान्ति दाता, माधव दास, विनी माता लगायतले कृष्ण कथा, तथा प्रवचन भक्तहरु माझ प्रस्तुत गरिरहेका छन् ।
सो अवसरमा हिन्दू धर्मालम्बीहरुको प्रमुख ग्रन्थ भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा भक्तजनालाई जानकारी गराइँदै आएको छ ।
भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा भजनस्थलीले हरेकृष्ण अभियान समेत सञ्चालन गरिरहेको भजनस्थलीका अध्यक्ष समेत रहेका भक्ति सिद्धान्त दास ब्रम्हाचारीले जानकारी दिए ।
सो अवसरमा नेपाल र भारतको पश्चिम वंगाल तथा विराह राज्यका विभिन्न ठाउ्रँबाट भक्तजनको उल्लेख्य सहभागीता रहेको छ ।


















