बिर्तामोड ।

झापामा लायन्सका ६ वटा क्लबको एकै दिन पदस्थापन सम्पन्न भएको छ । मंगलबार बिर्तामोडमा संयुक्त पदस्थापन कार्यक्रम आयोजना गरिएको हो ।

लायन्स क्लब अफ मेचीनगर, लायन्स क्लब अफ धाइजन–चारआली, लायन्स क्लब अफ भद्रपुर, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ बिर्तामोड र लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको संयुक्त रुपमा पदस्थापन गरिएको छ । बिर्तामोडको सीपी होटलमा पदस्थापन तथा नयाँ सदस्यता वितरण सम्पन्न भएको हो ।

बर्ष २०२४÷२५ का अध्यक्षहरुले बर्ष २०२५÷२६ अध्यक्षहरुलाई पोलार पहिर्याएर पद हस्तान्तरण गरेका थिए ।  लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष उत्तम राजवंशीले उर्मिला गौतमलाई, मेचीनगरका अध्यक्ष दिनेश पोख्रेलले दिपक कार्कीलाई, धाइजन–चारआलीका अध्यक्ष टिकाराम रिजालले सुमन चिमरियालाई, अनारमनीकी अध्यक्ष शर्मिला जोशीले सरोज खरेललाई र बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष मञ्जु उप्रेतीले यशोदा पौडेल उप्रेतीलाई पद हस्तान्तरण गरे । 

त्यस्तै लायन्सका विभिन्न क्लबमा आबद्ध नयाँ सदस्य तथा लियो क्लबमा आबद्ध सदस्यहरुलाई सदस्य भएको घोषणा समेत गरिएको थियो ।  कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक्ट गभर्नर बबरजंग थापाले नयाँ सदस्यहरुलाई जिम्मेवारीका बारेमा सम्झाउनुका साथै स्वागत गरेका थिए भने विभिन्न क्लबका अध्यक्षहरुलाई जिम्मेवार भएर समाजसेवामा लाग्न आग्रह गरेका थिए । 

कार्यक्रममा विभिन्न क्लबका निवर्तमान अध्यक्षहरु उत्तम राजवंशी, दिनेश पोख्रेल, टिकाराम रिजाल, शर्मिला जोशी र मञ्जु उप्रेतीले आफ्नो कार्यकालमा सहयोग गर्ने समितिका सदस्यहरु तथा निवर्तमान डिस्ट्रीक्ट गभर्नरलाई धन्यवाद दिनुका साथै नयाँ अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । 

कार्यक्रममा सहभागीहरुलाई रिजन वान चेयर पर्सन पार्वता गिरीले स्वागत गरेकी थिइन् भने क्याबिनेट अफिसर शैलेन्द्र कुरुम्बाङले सञ्चालन गरेका थिए ।