झापा ।
आज कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधरणतया बदली रहेको साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हल्का र थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सवैमा आग्रह गरेको छ ।


















