झापा ।
झापाका बाह्रदशी गाउँपालिका–५ का ५३ बर्षिय लीला भन्ने लीलाधर राजवंशी कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनमा खटिएको टोलीले राजवंशीलाई मंगलबार पक्राउ गरेको थियो ।
फरार रहेका प्रतिबादी राजवंशीलाई पक्राउ गरि बुधवार झापा जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो । अदालतले उनलाई कारागार चलान गरेको हो ।
झापा जिल्ला अदालतको मिति २०८०/०६/०७ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा राजवंशीलाई १ बर्ष ४ महिना १२ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना गरेको हो । दोसी ठहर फैसला भएका राजवंशी फरार रहँदै आएका थिए ।


















