सुनसरी ।

सुनसरीको कोशी गाँउपालिका–८ स्थितबाट नेपाली रुपैयाँ एक हजार दरको नक्कली नोट ३८ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका–१ का २५ बर्षीय राजेश चमार रजक र  हनुमान कंकालिनी गाउँपालिका–२ का २५ बर्षीय राजेशकुमार रजक रहेका छन् । 

गत साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरेको थियो ।

यसैगरी मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।