दुर्गापुर ।
झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ देखि सरहे कार्यक्रम शुरु गरेको छ । नगरपालिकाले गत साउन १ गतेदेखि नगर भित्रका नगरवासीका लागि समवेदना कार्यक्रम शुरु गरेको हो ।
मानव जीवनसँग जोढ्दै मृत्यु संस्कार मानव जीवनको अन्तिम संस्कार तथा सवै भन्दा पिडाको संस्कार भएकाले सरहे कार्यक्रम शुरु गरेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
उनका अुनसार मृत्यु संस्कारमा रहेको परिवारजनलाई नगरपालिका नगरवासीको अभिभावक संस्था पनि हो । परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनु पर्ने कर्मका निमित्त सहज बनाउने उदेश्यले शुरु गरिएको बताइएको छ ।
प्राचिनकालदेखि चलिआएको प्रथालाई नगरपालिकाले परिवारजनसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखबाट बाहिर निस्कन तथा आर्थिक रुपमा सानो भएपनि सहयोग पुग्ने नगरको उदेश्य रहेको छ ।
कनकाई नगरले यस वर्षदेखि सुरुवात गरेको मृत्यु संस्कार सहयोग कार्यक्रमको कार्यविधि समेत निर्माण भएर आर्थिक वर्ष २०८२/०८३ देखि लागु हुने गरी शुरु गरिएको हो । सरहे कार्यक्रम अन्तरगत यो संस्कारलाई अभिभावकको रुपमा परिवारजनमा समवेदनपत्रसहित नगद पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिनेछ ।
यस कार्यक्रमले दुःखमा रहेका समवेदित हुने साथै हौसला प्राप्त हुने भएकाले नगरपालिकाले यस कार्यक्रमलाई निर्णय गरी कार्यान्वयनमा ल्याएको नगरले जनाएको छ ।


















