झापा । 

कतारमा सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिएको छ । सार्वजनिक स्थानमा अनुमति नलिई अरुको फोटो वा भिडियो खिच्ने, अनुमति बिना इन्टरनेट वा कुनैपनि डिजिटल माध्यमबाट सार्वजनिक गर्ने कामलाई गम्भीर अपराध मानिने भएको छ ।

कतारको न्याय मन्त्रालयले यसै वर्षको अगस्ट ४ मा प्रकाशित गरेको  ‘अधिकारिक गजेट’ अनुसार, साइबर अपराध सम्बन्धी पुरानो कानुनमा संशोधन गर्दै नयाँ व्यवस्था गरिएको हो ।

संशोधित कानुनअनुसार सार्वजनिक स्थलमा व्यक्तिहरूको गोपनीयता उल्लंघन गर्दै अनुमतिबिना फोटो वा भिडियो खिचे र तिनीहरूलाई इन्टरनेट वा सामाजिक सञ्जालमा पोस्ट गरे एकलाख कतारी रियल जरिमाना र एक वर्षसम्म जेल सजाय वा दुवै सजाय हुनेछ । 

व्यक्तिको व्यक्तिगत गोपनीयताको संरक्षणका लागि यो कानुन कडाइका साथ लागू गर्ने कतार सरकारले जनाएको छ । नयाँ कानुन आएपछि टिकटक बनाउँदा, भिडियो कल गर्दा वा सार्वजनिक ठाउँमा कुनैपनि व्यक्ति देखिने गरी भिडियो खिच्दा सावधानी अपनाउन नसकेको अवस्थामा ठुलो रकम जरिमाना र कैद हुने देखिएको छ ।