झापा ।  

झापाबाट चोरी संलग्न रहेका दुई जना पक्राउ परेका छन् । चोरी कार्यमा संलग्न रहेका झापा गाँउपालिका–३ का १९ बर्षिय निर्मल बराईली रसोही स्थानका १९ बर्षिय दिपेश रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो । 

 गत साउन १४ गते राति १ बजेको समयमा झापा गाँउपालिका–३ वस्ने वर्ष २० को लरेश मुर्मुको घरबाट बिभिन्न किसिमका चाँदीका गरगहना चोरी भएकोमा सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

  प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोज तलास गर्ने क्रममा चोरी कार्यमा संलग्नदुवै जनालाई हिजो (आइतवार) पक्राउ गरिएको हो । 

निर्मल बराईलीको घरबाट चोरी गरेको चुरा (बाला)–१ जोर, चाँदीको कल्ली १ जोर, चाँदीको बिच्छी (सिक्री)–१ थान, पाउजु–१ थान, चाँदीको सिक्री–१ थान, चाँदीको औठी–३ थान फेला पारी कानुन अनुसार बरामद साथ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिवादीहरुलाई आज (सोमवार) झापा जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।