शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई ७५ हजार रुपैयाँ सहयोग गरेको छ । बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न डा. महावीर पुनले सञ्चालन गरेको आत्मकथा पुस्तक बिक्री अभियानलाई नगरले एक सय किताव खरिद गरेर उक्त रकम सहयोग  गरेको हो । 

अभियानकै क्रममा आज (आइतवार) अर्जुनधारा नगर पुगेका पुनलाई एक संक्षिप्त कार्यक्रम गरेर नगरकी उप–प्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले उक्त पुस्तक खरिद गरेका हुन् ।  

पुनले आफ्ना जीवन भोगाईका बिषयलाई समेटेर प्रकाशन गरेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक अर्जुनधाराले एक वटा  गरिद गरिदिएको छ । 

डा. पुनको पुस्तक बिक्री अभियानमार्फत किसानका लागि कृषि औजार उत्पादन गर्ने बीरगञ्ज कारखाना सञ्चालनमा ल्याउन रकम संकलन भइरहेको छ । सो अभियानका रुपमा डा. पुन झापा ४३ औँ जिल्लाका रुपमा आएका छन् । 

डा.पुनले आत्मकथा पुस्तक बिक्री अभियान राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन मात्र नभएर आफुले जीवनमा भोगेका दुःख कष्ट पनि रहेको र त्यसले युवा पुस्तालाई प्ररणा मिल्ने बताए ।

उनका अनुसार हालसम्म पुस्तक बिक्रीबाट खर्च कटाएर १२ करोड रुपैयाँ संकलन भएको र राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न सहज हुँदै गएको बताए । उनले ४ लाख पुस्तक बिक्री गर्ने योजनासहित अभियान शुरु गरेको समेत बताए । सोही कार्यक्रमकाबिच नगरका कर्मचारीसहित अन्यले पनि पुनको उक्त पुस्तक खरिद गरेका छन् ।