झापा ।
झापामा करेन्ट लागेर एउटा गाईको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा नम्बर–५ झिम्की चोकमा बिजुलीको ट्रान्समिटरबाट करेन्ट लागेर गाइएको मृत्यु भएको छ ।
आज (शनिवार) बिहान ११ः३० बजेको समयमा झिम्की चोकमा बिजुलीको ट्रान्समिटरको भुईमा गाडिएको तारमा करेन्ट सप्लाई भएर सोही स्थानका पबित्रा यादवको गाभिन गाईलाई अचानक करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाईलाई करेन्ट लागेर मृत्यु भएको भन्ने खबर ११ः५० बजेको समयमा प्राप्त हुन साथ वल प्रहरीका भद्रपुरबाट प्रहरी टोली गएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















