चारपाने ।
नीजि तथा बाणिज्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) नेपाल झापाले बेसिक ट्रेड युनियन कोर्ष सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । युनिकमले आज (सोमवार) झापाको चारपानेमा जिल्लास्तरीय प्रशिक्षात्मक अभिमूखिकरण कार्यक्रम गरेको हो ।

युनिकम झापाले बाणिज्य क्षेत्रका कर्मचारीलाई प्रशिक्षात्मक अभिमूखिकरण कार्यक्रमसहित चार दशक भन्दा लामो समयदेखि नेपाल टे«ड युनियन कांग्रेस झापाको संयोजक हुँदै जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य रहँदै आएका दीपक तामाङलाई सम्मान समेत गरेको छ । चिया श्रमिक समुदायभित्र व्याप्त ज्यालाको विभेद तथा लिङ्ग असमानताका बिरुद्ध आवाज उठाउँदै आएको भन्दै तामाङलाई सम्मान गरिएको हो ।
युनिकम झापाकी अध्यक्ष अर्पणा सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युनिकमका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्य रहेको थियो । स्वागत युनिकम झापाका सचिव बिमल कट्टेलले गरेको कार्यक्रमको सञ्चालन युनिकमका सञ्चार संयोजक केशव भट्टराईले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष पौडेल, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडा, सम्मानीत ब्यक्तित्व दीपक तामाङले शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षात्मक अभिमूखिकरण कार्यक्रमको सहजीकरण केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल र सञ्चार संयोजक केशव भट्टराईले सहजीकरण गर्ने बताइएको छ ।कार्यक्रममा कर्मचारीका समस्या र चुनौती साथै समाधानका बिषयमा अभिमूखिकरणसहित अन्तरक्रियासमेत भएको थियो ।
अभिमूखिकरण कार्यक्रममा झापाका नीजि तथा बाणिज्य क्षेत्रका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।