झापा । 

नेपाल दशनामी समाज युवा समिति मोरङको नयाँ नेतृत्व चयन भएको छ । आइतवार भएको युवा समितिको तेस्रो अधिवेशनले मोरङ जिल्ला नेत्यत्व चयन गरेको हो । अधिवेशनले मोरङका सवै पालिकाको प्रतिनिधित्व हुने गरी नयाँ समिति चयन गरेको छ । समितिको अध्यक्षमा तुलसा गिरी, उपाध्यक्षमा कपिलदेव गिरी, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा षडराज पुरी चयन भएका छन् । 

यसैगरी सदस्यमा महेश पुरी, अमित गिरी, रोशन गिरी, योगेन्द्र गिरी, अनुशा बन गिरी, पवित्रा गिरी, सुरज गिरी अभिनाश गिरी र राजिव पुरी चयन भएका छन् । १५ सदस्यीय युवा समिति रहने समाजको युवा समितिमा सह–सचिव र एक जना सदस्य पछि मनोनित गरिने बताइएको छ । 

मोरङको सुन्दरहरैचा–१० विराटचौकमा नेपाल दशनामी समाज मोरङ अध्यक्ष मोहनचन्द्र गिरीको अध्यक्षतामा भएको अधिवेशनमा समाजका केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशेष अतिथि केन्द्रिय सदस्य वलभद्र गिरी, युवा केन्द्रीय अध्यक्ष अर्जुन गिरीलगायत रहेका थिए । 

अधिवेशनमा शुभकामना मन्तव्यमार्फत युवा समितिको आवश्यकता, महत्व र भुमिकाका बारेमा प्रकाश पारिएको थियो भने समाजको सहायक सारथीका रुपमा युवा समितिले नीती कार्यक्रम कार्यन्वयनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ । 

हक अधिकार पहिचान, संस्कार संस्कृतिको चेतना प्रवाहमा युवा समितिले समेत अगुवाइ गर्ने विश्वास लिइएको छ । कार्यक्रमको सञ्चालन समाजका जिल्ला सचिव ईश्वर गिरीले गरेका थिए ।