झापा ।
झापाको मेचीनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतवार साँझ ७ः३० बजेको समयमा ईलामबाट चारआलीतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको सेतो रङको सवारी साधनले ठक्कर दिएको थियो ।
पैदल यात्री तत्काल नाम थर वतन नखुलेको अन्दाजी ४५÷४६ बर्षिय पुरुष मानिसलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उपचारकै क्रममा ८ बजे अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
खोजतलाशको क्रममा गएराति १०ः३० बजे उक्त ठक्कर दिई फरार रहेको सवारी र चालक इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
उक्त गाडी मे. १ च. ६१३१ नम्बरको स्कारपियो रहेको र चालक हल्ीदबारी गाउँपालिका–१ का अन्दाजी ४८ बर्षिय गजेन्द्रबहादुर बिष्टलाई सवारी सहित नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















