बिर्तामोड । 

प्रेस चौतारी नेपाल झापाले अग्रजलाई सुनौ भन्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसै क्रममा चौतारीले आज (आइतवार) झापाका अग्रज पत्रकार गन्जबहादुर दाहालको कुरा सुनेको हो । 

अग्रज पत्रकार दाहालले पत्रकारितामा आफुले गरेको दुःखका दिन र अहिलेको पत्रकारिताका बिषयमा नयाँ पुस्तालाई आफ्ना अनुभव सुनाएका थिए । यसअघि भएको अग्रजलाई सुनौ भन्ने कार्यक्रममा अग्रज पत्रकार शिरोसान्दाई खतिवडाले आफुले पत्रकारिता गरेको र त्यसमा भोगेका कुरा पत्रकारहरुमाझ सुनाएका थिए । 

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष परियारले नै प्रस्ट पारेको कार्यक्रमको सञ्चालन सह–सचिव तीलक योन्जनले गरेको थिए । कार्यक्रममा प्रेस चौतारीका केन्द्र, प्रदेश, जिल्लाका बिभिन्न जिम्मेवारीमा रहेका पत्रकारहरुको सहभागीता रहेको थियो ।