बिर्तामोड ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई पूर्वाञ्चल दैनिकमा स्वागत तथा सम्मान गरिएको छ । पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले पुनलाई स्वागत सम्मान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका प्रधान सम्पादक गिरीले झापाली पत्रकारिताको विषयमा जानकारी गराउँदै अभियानलाई सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
झापामा पनि मायाको चिनो स्वारुप पुस्तक उपहार दिने प्रचलन शुरुवात गरेको बताउँदै अध्यक्ष गिरीले झापाका धेरै संघ संस्थाले ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक मायाको चिनो दिनका लागि खरिद गरेको बताए ।
अभियानका क्रममा रहेका पुनले पूर्वाञ्चल दैनिकको अफसेट प्रेसको समेत अवलोकन गरेका छन् । यस क्रममा पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले स्वागत सहित पुनलाई पूर्वाञ्चल दैनिकको स्मारिका प्रदान गरेका थिए भने प्रधान सम्पकदक गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाको झापाको पत्रकारिता पुस्तक प्रदान गरेका थिए ।
पुनको स्वागत सम्मान कार्यक्रममा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारी, समाचार संयोजक नरेन्द्र ढकाल, वजार व्यवस्थापक लीला आचार्य, कम्प्युटर अपरेटर सन्तोष अधिकारी , रुपा मुखिया, वजार प्रतिनिधि गोपाल अधिकारी, सञ्जय श्रेष्ठ, लेखापाल सोमनाथ भण्डारी, सहलेखापाल मनिता अधिकारी, प्राविधिक वद्री महतारा, पत्रकारहरु विनोद पाण्डे, केशव भट्टराई, उद्धव पुरीलगायत रहेका थिए ।