झापा । 

झापामा जंगली हात्तीको आक्रमबाट दुई महिला गम्भीर घाइते भएकी छन् । आज (आइतवार) बिहान ४ः१५ बजेको समयमा मर्निङ वाकमा निस्किएकी महिलालाई हात्तीले आक्रमण गरेको हो । 

झापाको दमक नगरपालिका–१ बरगाछी भित्रि सडक खण्ड दमक–१ कि ४७ बर्षिया सुनिता राई सोही स्थानकी ४२ बर्षिया कविता राई हात्तीले आक्रमण गरेको छ । 

 बिहानको मर्निङ वाकमा निस्किएका उनीहरुलाई बाटोमा हिड्ने क्रममा अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट  सुनिता राईको टाउको, दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरिरको बिभिन्नमा भागमा चोट लागेको  अवस्था गम्भिर रहेको  र कविता राईको बाँया खुट्टाको कुर्कुच्चामा चोट बोल्न सक्ने अवस्था मध्यम रहेका प्रहरीले जनाएको छ । 

 दुबै जना घाइतेको दमक अस्पताल दमकमा ल्याएर उपचार भइरहेको र हात्ती जंगलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।