बिर्तामोड । 

झापामा राष्ट्रिय फोटो पत्रकार समूहको जिल्ला शाखा गठन गरिएको छ । आज (शनिवार) बिर्तामोडमा भएको फोटो पत्रकारहरुको भेलाले अध्यक्षमा नेत्रबिक्रम विमलीलाई सर्वसम्मत चयन गरेको छ । 

नवगठित कार्यसमितिको उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन् ।

समितिलाई सशक्त बनाउँदै सुझाव तथा मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति मोहन काजी न्यौपाने रहेका छन् भने सदस्यहरूमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहेका छन् ।

नवगठित समितिले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितिसँग समन्वय गर्दै तालिम तथा फोटो पत्रकारिता सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।