झापा । 

झापाका लागू औषध तथा प्रतिवन्धित औषधीको कारोवार वढेसँगै प्रहरीले सम्भावित क्षेत्रहरुमा डगबाट स्नापिङ शुरु गरेको छ । प्रहरीले लागूऔषध नियन्त्रण, पहिचान तथा न्युनिकरण प्रयोजनार्थको लागि २ वटा डगबाट स्नापिङ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय के नाईन (-k9) शाखा, धरान, सुनसरीबाट खटिएको डग स्नापिङ टोलीले सम्भावित अपराध रोकथामका लागि झापामा डगबाट स्नापिङ गरेको हो । 

प्रहरीले बिहीवार साँझ ५ बजेको समयमा झापा मेचीनगर नगरपालिका–९ झोडास्थित गरेको डगबाट स्नापिङबाट तीन स्थानबाट तीन जनालाई पक्राउसमेत गरेको छ । प्रहरीले मेचीनगर–९ झोडा, लिलाबस्ति र खुट्टिडाँगि एरियामा डग स्नापिङ गरेको थियो ।

मेचिनगर–१० पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा गरिएको र डग स्नापिङको क्रममा सो स्थानबाट लागुऔषध सेवन कर्ताहरु तथा कारोबार गर्ने मानिसहरु पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारी झापामा ल्याएर आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ पर्नेमा मेचिनगर–९ झोडाका २४ बर्षिय रोशन डाँगीकोे साथबाट लागू औषध ट्याब्लेट ट्रमाडोल(Tramadol)६८ क्याप्सुल फेला परेको, सोही स्थानका २२ बर्षिय अर्जुन दर्जी लागुऔषध सेवन कर्ता र  लीला बस्तिका २८ बर्षिय रविन राजबंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक बाहेक १ ग्राम १९० मिलिग्राम  फेला परेको प्रहरीले जनाएको छ ।