झापा । 

झापाको गौरादह नगरपालिका–७ गक्षामारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार साँझ ७ः३० बजेको समयमा करेन्ट लाग्दा एक जना बृद्धाको मृत्यु भएको हो । 

सोही स्थानकी अन्दाजी  ७७ बर्षिया तेजकुमारी उप्रेतीले आफ्नै घरदेखि ५ मिटर दक्षिणमा रहेको गाईको गुवाली भित्र कुटि काट्ने क्रममा करेन्ट लागेको थियो । मेसिनबाट कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लागेर उनको घटना स्थलमै मृत्यु भएको हो । 

थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली गएर लाश पोष्टमार्टमको लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।