झापा । 

झापाको बिर्तामोड नगरपालिका–६ सुभ बिहानी टोलस्थित सरोज लावतीले सञ्चालन गरेको सुँगुर फर्ममा काम गर्ने एक ब्यक्ति मृत फेला परेका छन् । 

 भारत सिक्किम घर बताउने अन्दाजी ६५ बर्षिय डम्बरबहादुर मगर फर्म भित्रै ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन्। आज बिहान ६ः३० बजेको समयमा मगर मृत फेला परेका थिए । 

मृतकको आफन्तहरु भारतको सिक्किम मै बसोबास रहेको भन्ने बुझिएको,आफन्तहरुमा जानकारी गराउनेतर्फ पहल भइरहेको प्रहरीले जनाएको छ।

 बिहान ८ः४५ बजे सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाको बिषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।