झापा ।
झापाको कचनकवल गाउँपालिका–६ बनियानीमा आगलागी भएको छ । आज (सोमवार) बिहान ९ः५५ बजेको समयमा आगलागी भएको हो ।

बनियानीस्थित रतनलाल राजबंशीको भान्सा कोठामा खाना पकाउने क्रममा सिलेन्डरबाट ग्यास लिकेज भएर आगलागी भएको हो । आगलागी भएको भन्ने खवर प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटी गएर स्थानिय र प्रहरीको सहयोगमा १०ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
उक्त आगलागीबाट एउटा फ्रिज एउटा पानी तान्ने मटर जस्ता १० हजार मूल्य बराबरको, एउटा ग्यास चुलो जलेर नष्ट हुँदा ५० हजार ५०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।