झापा ।
झापाको मेचीनगर नगरपालिका–३ दोकडाँडाबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ ६ बजेको गाँजासहित एक जनालाई नियन्त्रण गरिएको हो ।

पक्राउ पर्नेमा मेचीनगर–३ दोकडाँडाका ४३ बर्षिय हरिलाल न्यौपानेको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासि गर्ने क्रममा पक्राउ गरिएको हो । उनको घरको बाथरुममा बोरा फेला परेपछि बोरालाई खोली हेर्दा लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाँजा तौल गर्दा १ केजी ५२८ ग्राम सहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।