झापा ।
झापाको कमल गाउँपालिका–२ स्थितमा रहेको कमल खोलाको पुल मुनि एक जना बृद्ध मृत अवस्थामा फेला परेका छन् । गएराति अन्दाजी १ बजेको समयमा बृद्ध मृत फेला परेका हुन् ।
तत्काल पहिचान नखुलका मृतक बृद्ध शिवसताक्षी नगरपालिका–१ का ८० बर्षिय प्रभाखर पोखरेल भएको पहिचान खेलेको प्रहरीले जनाएको छ ।
पानीले बगाएर ल्याएकोमा स्थानिय देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर प्राप्त भएसँगै प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलिले घटना स्थल सुरक्षित राखेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली गएर २ः४५ बजेको समयमा उक्त शवको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम लागि दमक अस्पताल दमक पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















