झापा। 

झापामा जंगली हात्तीले छ वटा घरमा क्षति पु¥याएको छ । गएराति भद्रपुर नगरपालिका ६ नयाँ वस्तीमा आएको जंगली हात्तीले स्थानीयको घरमा क्षति पु¥याएको  हो ।

भद्रपुर ६ नयाँवस्तीस्थित माता टोलका श्रीप्रसाद माझीको मूल घरको टाटी बेरी  , वरण्डाको टिन, १५ मन धान सहितका सामग्रीमा क्षति पु¥याउँदा ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

सोही ठाउँ निवासी फडिन्द्र राजवंशी, मदन राजवंशी, फुटानी चोक निवासी तिली राजवंशी, ओम प्रकाश राजवंशी र रंगेडाँडा बस्ने शुक्रराज डंगोलको घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए । 

उनीहरुको क्रमश, पाँच हजार, १० हजार, २० हजार, २० हजार , १५ हजार गरी जम्मा एक लाख २० हजार मूल्य बरावरको क्षति भएको बताइएको छ ।