झापा ।  

झापाको हल्दीवारी गाउँपालिका–५ चारघरेका घाँस काट्न गएका एक बृद्ध भूतेनी खोलामा डुवेर मृत्यु भएको छ ।  ८० बर्षिय भीमबहादुर बिष्ट शुक्रवार दिनको १२ः३० बजेको समयमा घाँस काट्न गएका थिए । 


घाँस काटेर फर्कने क्रममा हल्दीबारी–५ मा रहेको भुतेनी खोलाको डिलाट लडेर  पानीमा डुवेको मृत अवस्थामा फेला परेका थिए ।  मृतकको छोराले ४ः२० बजे पानीबाट बाहिर निकाली खोलाको किनारमा राखेर प्रहरी चौकी कन्चनश्रीमा जानकारी गराएका थिए । 


घटनाको बिषयमा थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली गएको थियो ।

 

साँझ ६ः४० बजे सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लाश पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।