झापा । 

बिर्तामोड–४ स्थित अनारमनी बिद्युत प्राविधकरणमा कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ बर्षिय  दिपक पाण्डे बिर्तामोड नगरपालिका–४ को बिधुत कार्यालयको फिल्डतर्फ कामकाज गर्दै अइरहेका थिए । 

 आज दिनको २ः२० बजेको समयमा बिर्तामोड–१ पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते उनलाई सोही कार्यालयको कर्मचारीले  उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएका थिए । 

उपचारको गराउने क्रममा दिनको ३ बजेको समयमा सोही अस्पतालको डाक्टरले पाण्डेलाई मृत घोषणा गरेका छन् । उक्त खबर अस्पतालमा खटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरीले जानकारी गराउन साथ तत्काल घटनास्थलतर्फ थप अनुसन्धान तथा कानुनी प्रकृया मुल्चुल्का कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।