• वीरु दर्नाल 

काठमाडौ । 

पण्डित भीमकान्त भागवत पन्थी एक कार्यक्रमका विच राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका छन्  ।  गुल्मीमा जन्मेका हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका निवासी पण्डित पन्थीलाई हिजो असार ३२ गते काठमाडौंमा आयोजित संस्कृति, नागरिक तथा उड्डयन मन्त्री बद्री पान्डेले सम्मान गरेका हुन्  । 

 जातिय बिभेद उन्न्मुलन आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको नाममा स्थापित ‘भगत सर्वजित मानव मर्यादा’ राष्ट्रिय पुरस्कारद्वारा पण्डित पन्थीलाई सम्मान गरिएको हो  । 

पण्डित पन्थीले लामो समयदेखि नेपाली समाजमा रहेको जातिय विभेद  बिरुद्ध सार्वजनिक रुपमा आवाज उठाएर समतामुलक समाज निर्माणमा सचेतापूर्ण अभियान चलाउँदै आएका छन्  । 

ब्राम्हण कुलमा जन्मिएर ख्याति प्राप्त पुराण बाचक पण्डित पन्थीले हिन्दु धर्मका सबै ग्रन्थले कुनैपनि जातिलाई सानो ठुलो भनेर श्रीणी विभाजन गरेको छैन र विभेदयुक्त समाज हिन्दु धर्मले अंगिकार गरेको छैन भन्दै सबै जात जातिलाई समानताको मालामा जोड्न हरेक पुराण तथा सार्वजनिक काक्रममा बोल्दै आएका छन्  ।  उनको यो अभिव्यक्तिलाई हिन्दु धर्म भित्रकै पण्डितहरुले साथ नदिएर उल्टै आरोप लगाउने गरेको गुनासो पण्डित पन्थीको छ । त्यस्ता पण्डितहरुमा ज्ञानको अभाव भएको बताउँदै कतिपयसँग प्रतिवाद गर्दै कानूनको सहयता लिएको बताउँछन् । 

हिन्दुधर्म भित्रै रहेका पहाडे दलित जातिमासमेत एक अर्का जाति बिच पण्डित्याई नगर्ने स्वघोषित चलनलाई चुनौति दिनै दलित बनाईएका जातिहरुको परिवारमा  उनले धेरै कर्महरु गरेर आफैंबाट बिभेद बिरुद्धको अभियान चलाएका छन् ।

पण्डित पन्थीले जातिय छुवाछुत नमन्ने र अरुलाई पनि नमान्न सचेत गराउँदै समता मुलक समाज निर्माणमा जोड दिएका छन् । पन्थीका साथै दलित नेता मानबहादुर विश्वकर्मा र दलन टेली शृखंलसमेत सम्मानित भएका छन् ।