झापा ।
झापाको दमक नगरपालिका–६ मा आगलागी भएको छ । आज (बिहीवार) दिनको १२ बजेको समयमा दमक–६ की दिलमाया लावतीले सुरेशकुमार थापाको खाली जग्गा भाडामा लिएर सञ्चालन गरेको सेवारो होटलमा खाना पकाउने क्रममा सिलिण्डर पड्किएर आगलागी भएको थियो ।
टिनको छानो र बेराले बनाएको एक तले कच्चि घरमा सञ्चालन गर्दै आएको होटलमा खाना पकाउने क्रममा सिलिण्डरबाट ग्यास चुहावट भइ सिलिण्डर पड्किएर आगलागी भएको थियो ।
होटलमा आगालागी हुँदा होटल भित्र रहेको लत्ता कपडा खाद्यन्न, तीन थान फ्रिज आठ थान ग्याँस सिलिण्डर, दुई थान इन्भर्टरसहित घर पूर्ण रुपमा जलेर १३ लाख मूल्य बराबरको क्षति भएको छ । यस्तै सोही स्थानमा रहेको सोही स्थान बस्ने ज्ञानु रिजालको पक्की दुई तले घरको पछाडी पट्टीको झ्यालको सिस र घर भित्र रहेको लत्ताकपडा जलेर एक लाख पचास हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा दमक नगरपालिका, उर्लाबारी नगरपालिका, कमल गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल नं.३८ रिर्जव गण लखनपुर झापाको टोलिसहित स्थानियको सहयोगमा १२ः३० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















