शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा  वितरण गर्ने भएको छ । 

भोलि (बुधवार) नगर कार्यपालिकाको कार्यालयमा अर्जुनधारा–११ एकसय २८ जनालाई जग्गाको प्रमाणपूर्जा  वितरणको तयारी गरेको नगरपालिकाले जनाएको छ । 

प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा धनीपूर्जा वितरण गरिने भएको हो । पालिकाले सूचना जारी गर्दै भोलि (बुधवार) बिहान ११ः३० बजे प्रक्रिया पूरा भएकालाई धनिपूर्जा प्रमाणपत्र बितरणको तयारी गरेको छ ।