झापा ।
झापाको दमक नगरपालिका–९ मा हराएका बालक मृत फेला परेका छन् । दमक–९ का सुमन धिमालको छोरा अन्दाजी ११ बर्षिय रमन धिमाल घरबाट साथीसँग खेल्न जाने क्रममा बेपत्ता भएका थिए ।
सोमवार अन्दाजी १२ः३० बजे साथीहरुसँग खेल्न गएर बेपत्ता भएका बालक आज (मंगलबार) बिहान ६ः२० बजेको समयमा मृत फेला परेका हुन् ।
हराएका बालकलाई सोमवार आफन्त, छरछिमेकी समेतले खोजतलास गर्दा फेला परेका थिएनन् । बालकको दमक–९ सानुअर्ना खाडीमा आफन्तले खोजी गर्ने क्रममा लमश फेला परेको प्रहरीले जनाएको छ । घरदेखि अन्दाजी मिटर पश्चिममा रहेको बेतेनी खोला र भुत्रे खोलाको दोभानमा बालक पानीमा डुबेर मृत अवस्थामा फेलापरेका थिए ।
घटनाको अनुसन्धान तथा कानुनि प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली गएर मृतकको लाशको सम्पूर्ण कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाएका थियो ।
शव पोष्टमर्टम पश्चात सदगदको लागि बालकका बुबा सुमन धिमालले बुझि लगेको साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।