झापा । 

झापाको गौरीगञ्ज गाउँपालिका–४ नयाँ बजारमा जन्ती सवार बिद्यालयको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गएराति ८ः४० बजेको समयमा दुर्घटना भएको थियो । 

गौरीगञ्जबाट अल्टामारीतर्फको भित्री सडक खण्डमा जन्ती लिएर जाँदै गरेको प्र १–०१–००१ क १५३५ नम्बरको सनकाईन ईङ्लिस बोर्डिङ स्कुलको बस आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो ।

उक्त बसमा अन्दाजी ५० जना जन्ती सवार रहेको प्रहरीले जनाएको छ । १३ जना घाइते मध्ये आज जनालाई गौरीगञ्ज आधारभुत अस्पताल र पाँच जनालाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 

गएराति १०ः२० बजेको समयमा बस चालक गौरीगञ्ज–४ का अन्दाजी ४० बर्षिय सोरेन गिरीलाई नियन्त्रणमा लिइएको र बाटो दुई तर्फी नै सुचारु भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।