झापा । 

झापाको बिर्तामोड नगरपालिका–१० पथरभिट्टामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराति ८ बजेको समयमा बिर्तामोड–१० पथरभिट्टामा घरमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

सोही स्थानका ५३ बर्षिय पुष्प पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाईते भई उपचारको लागि उनकै छिमेकी भवानी घिमिरेले राती ८ः४० बजे बीएण्डसी अस्पताल बिर्तामोड ल्याएका थिए । अस्पतालमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

तत्काल लाश बीएण्डसी अस्पतालमै रहेको र मृतक घरमा एक्लै बस्ने गरेको साथै उनको परिवार पाँचथरमा बस्ने गरेको बताइएको छ ।

 थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट प्रहरीको टोली गएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।