झापा ।  

झापाको बिर्तामोड नगरपालिका–१ बिर्तासिटी अस्पताल छेउ रहेको टोकला चिया फ्याक्ट्रीको अफिसमा आगलागी भएको छ । आज (आइतवार) ७ः४७ बजेको समयमा आगलागी भएको हो । 

फ्याक्ट्रीको अफिसमा राखिएको जेनेरेटर रुममा बिद्युत लाईन सर्ट भई आगलागी भएको भन्ने खबर ७ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा प्राप्त भएको थियो । 

उक्त खवर प्राप्त हुन साथ प्रहरी टोली  र बिर्तामोड नगरपालिकाको दमकलको सहायतामा आगलागी ८ बजे पुर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 आगलागीबाट जेनेरेटर पूर्ण रुपमा क्षति हुँदा अन्दाजी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।