झापा ।  

भद्रपुर नगरपालिका–६ राधाकृष्ण टोलमा पर्खाल लगाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । सघन सहरी भवन निर्माण बिभागको नालाको काम गर्ने क्रममा ईन्द्र राउतको घरको कम्पाउण्डमा लगाएको पर्खाल लडेर कामदारको मृत्यु भएको हो । 

आज दिनको ४ बजेको समयमा यज्ञ निर्माण एण्ड सप्लायर्स प्रालिले नालाको काम गर्न खटाएको कामदार बिर्तामोड नगरपालिका–९ लक्कीबारका अन्दाजी ३५ बर्षिय लक्ष्मण कामतीको मृत्यु भएको हो । 

पर्खाल लडेर थिच्दा गम्भीर घाईते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उपचारकै क्रममा साँझ ५ बजे उपचारको क्रममा डाक्टरले कामतीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तत्काल लाश सोही अस्पतालमा रहेको र घटनाको बिषयमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।