झापा । 

झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– ३ संगम चोकमा आज (आइतवार) १२ बजेको समयमा टिपरले स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको थियो । 

डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको  मे ११ प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । 

दुर्घटनामा स्कुटीको पछाडि सवार सोही स्थानकी अन्दाजी ५५–५६ बर्षिया लक्ष्मी गौतमको घटना स्थलमा नै मृत्यु भएको थियो भने स्कुटी चालक ४४ बर्षिया टिका गौतमको दाहिने खुट्टाको घुडामा सामान्य चोट लागेको थियो । 

स्कुटी, टिपर र टिपर चालक बिर्तामोड नगरपालिका–२ का ४६ बर्षिय तोयानाथ बिक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

दिउँसो २ः२५ बजे सवै कानुनी प्रक्रिय पुरा गरी लाश पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।