कनकाई ।
झापाको कनकाई नगरपालिका क्षेत्र भित्रका दुई सय आड घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गर्ने भएको छ । नगरले आगामी असार २८ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनी पुर्जाको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले पुष्टि गरेका छन् ।
उनले शनिवार दिउँसो साढे ३ बजे प्रधानमन्त्री ओलीको हातबाट कनकाई–३ स्थित सुरुङ्गामा रहेको कनकाई उद्योग वाणिज्य संघको हलमा कनकाई नगरपालिकाका विभिन्न वार्डका २ सय ८ जनालाई धनीपुर्जा वितरणको सम्पूर्ण तयारी पूरा गरिसकिएको कनकाई नगरपालिका भुमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले जानकारी दिइन् । २०७४ सालदेखिनै कनकाई नगरपालिकाले यस क्षेत्रका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको थियोे । यश अघि कनकाईका विभिन्न वडाका १सय ६० जनालाई धनीपुर्जा वितरण गरिएको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ।
शनिवार कनकाईमा वडानम्बर ३ मा मात्रै भुमिहिन सुकुम्वासी ५३ जना, भुमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ जना गरि कुल १सय२७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गर्दैछन् । यस वाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भुमिहिन दलित तर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरि जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले प्रधानमन्त्री ओलीको हातबाट धनीपुर्जा प्राप्त गर्ने जनाएको छ ।
कोशी प्रदेशमा सबैभन्दा बढी काम भएर पनि कम सङ्ख्यामा धनीपुर्जा वितरण भएको भनेर आलोचना हुँदै आएको कनकाई नगरपालिकामा इतिहासकै सबैभन्दा बढी सङ्ख्यामा एकसाथ धनीपुर्जा प्राप्त गर्ने भएसगै यस क्षेत्रमा खुशीयाली छाएको छ ।
कनकाई नगरपालिका क्षेत्रमा आगामी मंसिर महिनाभित्रै थप सुकुम्वासी, अव्यवस्थित बसोवासी र दलित परिवारलाई धनीपुर्जा वितरणको तयारी स्वरुप कामहरु तिव्ररुपमा अगाडी बढाईरहेको प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिए।