झापा । 

झापाको बिर्तामोड नगरपालिका–२ रामचौक नजिक सडक छेउमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। घटना बुधवार राति १०ः४५ बजेको हो।

अनारमनी प्रहरीचौकीबाट गस्तीमा खटिएको टोलीले तत्काल नाम, थर नखुलेका ४०–४५ वर्षका एक पुरुषलाई गम्भीर घाइते अवस्थामा फेला पारी बिर्तासिटी अस्पताल पुर्याएको थियो।

टाउकोसहित शरीरका विभिन्न भागमा चोट भएका ती व्यक्तिलाई अस्पताल ल्याउनासाथ राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

पछिल्लो अनुसन्धानबाट घटना  आज दिउँसो १२ बजे काँकरभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस गाडी र चालक रोशन तामाङ मकवानपुर, थाहा नगरपालिका–७ लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फरार सवारी साधनको खोजतलास गर्दै जाँदा घटनामा संलग्न बा ५ ख ६८०३ नं. को हायस र त्यसका चालक मकवानपुर थाहा नगरपालिका–७  का २७ वर्षीय रोशन तामाङलाई आज दिउँसो १२ बजे काँकरभिट्टास्थित बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हायससहित तामाङलाई अनुसन्धानको लागि इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।