झापा ।
झापामा पैनीमा डुवेर एक जनाको मृत्यु भएको छ । गएराति ८ः३५ बजेको समयमा झापाको मेचीनगर नगरपालिका–५ स्थित सितापुरमा एक जना पैनीमा डुवेर मृत अवस्थामा भेटिएका हुन् ।
मेचीनगर–५ सितापुरका शुकबहादुर सुब्वाका छोरा ३७ बर्षिय उत्तम सुब्वा घरदेखि तीन सय मिटर दक्षिण रहेको पैनीमा डुवेको अवस्थामा मृत फेला परेका हुन् ।
पैनिमा डुबेर मृत अवस्थामा रहेको २०ः४० बजे इलाका प्रहरी कार्यालय जानकारी पा्रप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका काँकरभिट्टाबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।